free website hit counter

धनकुटाका गणेशले गरे मलेसियामा प्रेमिकाको हत्या

beemaadmin
२०७७ कार्तिक ३०, आईतवार

काठमाडौं। मलेसियामा एक नेपाली युवतीको हत्या गर्ने युवकको पहिचान खुलेको छ । ती युवक पनि नेपाली नै रहेको पत्तो लागेको छ । प्राप्त सूचनाअनुसार ती युवक गणेशबहादुर कार्की भएको बताइएको छ । उनको घर नेपालमा मुगा–६ धनकुटामा रहेको बताइएको छ ।
मलेसियाको केलाङस्थित एक नेपालीले सञ्चालन गर्दै आएको रेष्टुरेण्टमा काम गर्ने युवतीलाई उनका नेपाली प्रेमी कार्कीले हत्या गरेको खुलेको छ । आइतमाया मगर (आरती मगर) नाम गरेकी युवतीको हत्या भएको हो ।
युवतीको घर भारतको दार्जिलिङ भए पनि नेपाली राहदानी बनाएर मलेसिया पुगेको बताइएको छ। केलाङस्थित नेपालीहरुले प्रेम सम्बन्धका कारण हत्या भएको बताएका छन्। घटनास्थलमा पुगेको प्रहरीले हत्यापछि बेहोस भएका गणेशलाई अस्पताल पुर्याएको थियो र शवको मुचुल्का बनाएको थियो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

सुनको भाउ १ लाख ८० हजार नजिक

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

नेप्सेको सीईओमा चापागाईं नियुक्त

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

गभर्नरमा हुँदैछ एसम्यानको खोजी

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश

beemaadmin
२०८१ चैत्र १८, मंगलवार