free website hit counter

धनगढीमा प्रधामनमन्त्रीका लागि १७ सय सुरक्षाकर्मी

beemaadmin
२०७७ पुष २४, शुक्रबार

काठमाडौं । पार्टी एक छउञ्जेल बालुवाटरकै बैठकमा उपस्थिति नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधूप बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। धनगढीका चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला सुरक्षा समितिको बैठकबाट तय गरिएको सुरक्षा रणनीति अनुसार जिल्लाभर सुरक्षा कडा पारिएको छ। धनगढी विमानस्थलमा भने सेना परिचालन गरिएको छ। विभिन्न स्थानमा एक हजार सात सय बढी सुरक्षाकर्मी खटाइएको छ भने साढे २ सय जनामात्र सादा पोसाकका प्रहरी खटाइएको जनाइएको छ। नेकपा ओली गुटको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री धनगढी आउन लागेका हुन्।

Advertisement
Advertisement

धनगढीको खुला मञ्चमा आयोजना हुने जनसभा ५० हजारको उपस्थिति गराउने ओली गुटको तयारी छ। प्रतिकुल मौसमका कारण ओलीको धनगढी आउने समय भने प्रभावित भएको छ। शुक्रवार बिहान ८स्१५ बजे काठमाडौँबाट श्री एयरलाइन्स मार्फत धनगढी उड्ने पूर्व निर्धारित कार्यतालिका बाक्लो हुस्सुका कारण प्रभावित भएको हो।

Advertisement
Advertisement

श्री एयरलाइन्स धनगढीका प्रमुख गजेन्द्र शाहीका अनुसार पूर्व निर्धारित समयमा उडान हुन सकेको छैन। सम्भवत मौसममा सुधार आए १० बजेसम्म उडान हुने उनले बताए।

सम्बन्धित समाचार