free website hit counter

धवल शम्शेर राणाले नयाँ पार्टी खोल्ने घोषणा, १८६ जनाले राप्रपा छाडे

beemaadmin
२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवल शम्शेर राणाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्।

आज काठमाडौंमा आयोजित एक भेलामा बोल्दै उनले राप्रपा अब सुधार गर्न नसकिने अवस्थामा पुगेको भन्दै नयाँ पार्टी गठनको तयारीमा लागिएको बताएका हुन्।

Advertisement
Advertisement

“पाँच वर्षअघि राजेन्द्र लिङ्देनलाई अध्यक्ष बनाउँदा हामीले ठूलो आशा राखेका थियौँ, तर आज घर नै छोड्नुपर्ने अवस्था आयो,” उनले भने, “राजनीतिमा जब आफूले बोकेका मूल्य र मान्यता पुरानो संरचनाबाट अघि बढ्न सक्दैनन्, तब नयाँ बाटो रोज्नुपर्छ।”

Advertisement
Advertisement

उनका अनुसार राप्रपा अब संगठनात्मक रूपमा कमजोर र दिशाहीन भइसकेकाले त्यसै भित्र बसिरहनुको सट्टा नयाँ राजनीतिक विकल्प निर्माण गर्ने निर्णय गरिएको हो।

“हामीले पार्टीलाई सुधार्ने, आन्दोलनलाई मजबुत बनाउने र राप्रपालाई राष्ट्रकै अग्रणी दल बनाउने प्रयास गर्यौं, तर ती प्रयासहरू सफल हुन सकेनन्,” उनले थपे।

धवल शम्शेर राणासहित करिब १८६ जनाले सामूहिक रूपमा राप्रपा परित्याग गरेको घोषणा गरेका छन्। उनीहरूले नयाँ राजनीतिक दल गठनको तयारी अघि बढाएको बताएका छन्।

सम्बन्धित समाचार