free website hit counter

धितोपत्र बोर्डका अध्यक्ष हमालका यस्ता योजना

beemaadmin
२०७८ फाल्गुन ९, सोमबार

काठमाण्डौ। लामो समयपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) नेतृत्व पाएको छ । सेबोनका नवनियुक्त अध्यक्ष रमेशकुमार हालले पदबहालीसँगै आफ्ना योजनाहरु प्रस्तुत गरिसकेका छन्। पदबहालीका क्रममा सेबोनका कर्मचारीहरुसँगको छलफलमा अध्यक्ष हमालले आफ्ना योजनाहरु सुनाएका हुन्। हमालले सेबोनको संस्थागत क्षमता अभिवृद्धि आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए। यसका लागि कर्मचारीको मनोबल उच्च राख्न र सेबोनको भवनको उचित व्यवस्थापनका साथै सूचना प्रविधिको विकासका लागि ठोस कार्य गर्ने योजना रहेको उनले सुनाए।
यो साझा लक्ष्य हासिल गर्न सम्पूर्ण कर्मचारी बिनापूर्वाग्राह एकढिक्का भई लाग्नुपर्ने आवश्यकता हमालले औँल्याए। अध्यक्ष हमालले आजको समयमा धितोपत्र बजार नेपाली समाजको एक महत्वपूर्ण हिस्सा भएको बताए। बजारको विकास, विस्तार र स्थायित्व कायम गर्ने ठूलो जिम्मेवारी बोर्डको काँधमा आएको छ, उनले भने।
हाल बजारमा संस्थागत तथा उपकरणगत विविधता नभएका कारण सानो धक्काले पनि बजारलाई अस्थिर र उतारचढावपूर्ण बनाउने गरेको हमालले बताए। यसका लागि बजारलाई रिजिलियन्ट बनाउन लागिपर्छु, उनले भने, यस कार्यमा सबैको साथ, सहयोग र समन्वय रहने मलाई विश्वाससमेत छ। धितोपत्र बजार सर्वसाधारणको जीवनसँग जोडिएको हुनाले साना लगानीकर्ताको सुरक्षालाई विशेष प्राथमिकता दिने पनि हमालले बतािए।
यसका साथै अध्यक्ष हमालले सेबोनका सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक कार्य गरी संस्थाको गरिमा अभिवृद्धि गर्न निर्देशनसमेत दिएका छन्।

सम्बन्धित समाचार