free website hit counter

धितोपत्र बोर्डको अध्यक्षमा काँग्रेस कोटाका हमाल

beemaadmin
२०७८ फाल्गुन ५, बिहीबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएको छ । राजनीतिक दाउपेच र भागवण्डाका कारण बोर्ड नेतृत्वविहीन बन्न पुगेको हो । बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले रमेश हमाललाई शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गरेको हो। बोर्डको अध्यक्ष दाबेदारमध्ये गोपाल भट्ट, कृष्णराज पोखरेल र रमेह हमाल सर्टलिस्टमा परेका थिए। यही तीनमध्ये मन्त्रीपरिषदको बैठकले रमेश हमाललाई अध्यक्षमा नियुक्ति गरेको हो।
गत मंगलबार धितोपत्र बोर्डको अध्यक्ष छनोट तथा सिफारिस समितिले हमालसहित तीन जनाको अन्तिम नाम अर्थमन्त्रालय मार्फत मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । ति तीन जनाबाट हमालले बाजी मारेका हुन् । नवनियुक्त अध्यक्ष हमाल काँग्रेस कोटाबाट छानिएका हुन् । बैंककबाट इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्‍नातकोत्तर गरेका हमालसँग करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव छ । साथै हमालसँग विद्युत प्राधिकरण र संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफअपरेटिङ अफिसर भएर काम गरेको अनुभव समेत रहेको छ । यसअघिका बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको बुक विल्डिङ सेयर खरिद प्रकरणमा मुछिएपछि पदमुक्त भएपनि बोर्ड अध्यक्षविहिन हुन पुगेको थियो । सोही अध्यक्ष पदमा करिब साँढे पाँच महिनापछि हमाल नियुक्त भएका हुन् ।

सम्बन्धित समाचार