free website hit counter

धितोपत्र बोर्डमा जागिर खुल्यो

beemaadmin
२०७९ आश्विन २९, शनिबार

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न पदमा दरखास्त खुलाइएको छ। सेबोनमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाइएको हो। जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदमा २३ जनालाई जागिर खुलाइएको छ।
सेबोनले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको छ। इच्छुक उम्मेदवारले आउँदो कात्तिक ७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित दरखास्त बुझाउन सक्नेछन्। दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सकिनेछ। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ।

सम्बन्धित समाचार