free website hit counter

धितोपत्र बोर्डमा दाबेदार भनिएकाहरु पहिलो चरणबाटै बाहिरिए

beemaadmin
२०७८ माघ २५, मंगलवार

काठमाण्डौ । राजनीतिक दाउपेचको शिकार बनेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्टमा परेको छ । धितोपत्र बोर्डको अध्यक्ष सिफारिस तथा छनौट समितिको सोमबार बसेको बैठकले आवेदन दिएकामध्ये पहिलो चरणमा उनीहरुको कार्ययोजनाका आधारमा ५ जनाको नाम छनौट गरेको हो ।
पहिलो चरणमा छनौट हुने ५ जनामा कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट, निरज गिरी, खगेन्द्र कट्वाल र रमेशकुमार हमाल रहेका छन् । यी ५ जनालाई सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाउनेछ । उनीहरुको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा ५ जनामध्ये ३ जनाको नाम छनौट गरी मन्त्रीपरिषदमा सिफारिस गरिनेछ । सिफारिस अन्तिम ३ नामबाट मन्त्रीपरिषद बैठकले धितोपत्र बोर्डको अध्यक्षमा एकजनालाई नियुक्त गर्नेछ ।
धितोपत्र बोर्डका अध्यक्षका लागि आह्वान गरिएको खुल्ला प्रतिस्पर्धामा १५ जनाले आवेदन दिएका थिए । तीमध्ये पहिलो चरणमा ५ जनाको नाम छनौट भएको हो । धितोपत्र बोर्डका भावी अध्यक्षको रुपमा दाबेदार भनिने नवराज अधिकारी, सिताराम थपलिया, रमेश घिमिरे, मुक्ति अर्याल लगायतका प्रतिस्पर्धी पहिलो चरणबाटै बाहिरिएका छन् ।

सम्बन्धित समाचार