free website hit counter

धौलागिरी र पर्वत अस्पतालमा सनराइज बैंकलेदियो पीपीई

beemaadmin
२०७७ बैशाख १५, सोमबार

काठमाडौं । मुलुक संकटमा परेका बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार देखिएको सनराइज बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण २५ थान हस्तान्तरण गरेको छ । उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। शैलेन्द्र बिक र पर्वतमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा. शिशिर देवकोटालाई हस्तान्तरण गरिएको हो । हाल संसारभर कोरोना भाइरस महामारी फौलिएर त्यसको जोखिम बढेको हुदाँ देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत  व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गर्दै आएको छ । हालसम्म सनराइज बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० वटा भन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई उपलब्ध गराई सकेको छ  र अन्य ठाउ‘हरुमा समेत उपलब्ध गराउँदै जाने जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार