free website hit counter

नबिलको वरिष्ठ डीसीईओमा ज्ञवालीको बढुवा

beemaadmin
२०८१ पुष १५, सोमबार

काठमाडौं । नबिल बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) मा मनोज ज्ञवालीको बढुवा भएको छ । बैंक सञ्चालक समितिले हालैको बैठकले उनलाई डेपुटी सीईओबाट वरिष्ठ कायम गरेको हो । समितिको यो निर्णय ज्ञवालीलाई सीईओको रुपमा नियुक्त गर्ने पूर्वतयारीको रुपमा हेरिएको छ । यसअघि ज्योति विकास बैंकको सीईओ रहेका ज्ञवाली नबिलमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए । तीब्ररुपमा बढुवा हुँदै हाल उनी वरिष्ठ डीसीईओ हुन पुगेका हुन् ।

सम्बन्धित समाचार