काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन् । कम्पनीको विशेष साधारणसभाले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगानालाई नियुक्त गरेको हो । यससँगै, नबिल बैंकलाई लामो समयदेखि नेतृत्व गर्दै आएका अनिल केशरी शाहले जिम्मेवारी छाड्ने भएका छन् । कम्पनीको विशेष साधारण सभाले निर्णय गरेपनि ढुंगानाले असार १७ गतेदेखि जिम्मेवारी सम्हाल्ने छन् । साधारण सभाले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेका ढुंगानाले नेपाल बंगलादेश बैंक प्राप्तिपछि जिम्मेवारी सम्हाल्नेछन् । उनको सेवा÷सुविधा नबिल बैंकको सञ्चालक समितिले निर्धारण गर्ने बताइएको छ ।