free website hit counter

नबिल विज्ञान प्रविधि पुरस्कारबाट चार अनुसन्धानकर्ता सम्मानित

beemaadmin
२०७६ मंसिर २२, आईतवार

काठमाडौं । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु गर्दै आइरहेको छ । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गर्ने निर्णय गरेको छ । नबिल बैंकले नास्टमा आयोजिता गरेको पुरस्कार वितरण समारोहमा शिक्षा मन्त्री तथा नास्टका सहकुलपति गिरीराजमणि पोखरेलले सम्मानित चारजना अनुसन्धानकर्ताहरुलाई पुरस्कार वितरण गरेका छन् ।
सम्मानित चारजना अनुसन्धानकर्ताहरुमा प्राडा परशुराम मिश्र, प्राडा विद्या श्रेष्ठ, डा श्यामप्रसाद डुम्रे तथा डा प्रतिभा पाण्डेलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको छ ।
कार्यक्रमपश्चात पुरस्कृत विज्ञहरुसँगको भेटमा बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरि यस क्षेत्रको विकासमा योगदान पुर्याउनु भएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गर्नुभएकोमा आभार प्रकट गरे । उक्त पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था एक लाख २५ हजार रहेको छ ।
नास्टको उक्त समारोहमा जम्मा २६ अनुसन्धानकर्ताहरुलाई विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतिहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठीत पुरस्कार मानिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार