free website hit counter

नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढ्ने

beemaadmin
२०८० असार ५, मंगलवार

काठमाडौं । मंगलबार संसदको अर्थ समितिले नयाँ धितोपत्र ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । समितिको निर्देशन दिएपछि नयाँ धितोपत्र ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढ्ने भएको हो । आज धितो पत्र बोर्डका पदाधिकारीहरुसँग भएको छलफलमा अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन जारी गरेको हो । यसअघि समितिको २९ जेठको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्टक एक्सचेन्ज ९नेप्से० लाई निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार