free website hit counter

नयाँ मृत्युदर तालिका माग्दै बीमा कम्पनी

beemaadmin
२०७६ मंसिर १७, मंगलवार

काठमाडौं । स्वास्थ्य बीमाको मृत्युदर तालिका (मोर्टालिटी टेवुल) समयसापेक्ष बनाउन बीमा कम्पनीहरुले माग गरेका छन् । बीमा समितिले लागू गरेको मोर्टालिटी टेबुल पुरानो भएको भन्दै त्यसले बीमा शुल्क निर्धारणदेखि बीमा पोसिली निर्माणसम्मका कार्यमा जटिलता उत्पन्न भएको दाबी बीमा कम्पनीहरुले गरेका छन् ।

२०६८ सालको भएको जनगणनाको तथ्याङ्कको आधारमा बीमा समितिले बनाएको मोर्टालिटी टेबुल पुरानो भएकाले नयाँ असान्दर्भिक भइसकेको उनीहरुको दाबी छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल पुर्नवीमा कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीलेले पनि मोर्टालिटी टेवुल पुरानो भएको स्वीकार गर्दै स्वास्थ्य बीमाको लागि बजार सुहाउँदो नयाँ मोर्टालिटी टेबल आवश्यक रहेको बताए । पछिल्लो समय बीमा कम्पनीहरुले ल्याएका घातक रोग रक्षावरण गर्ने बीमा पोलिसीहरु धमाधम निष्कृय हुन थालेकोमा उनले चिन्ता व्यक्त गरे ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चपागाईले मृत्युदर तालिका राष्ट्रिय जनगणनाको आधारमा बनाइने भएकाले तत्काल बीमा समितिले चाहेर मात्र बन्न नसक्ने बताउँदै अध्यक्ष चापागाईले बीमा क्षेत्रमा मृत्युदर तालिका हरेक १० वर्षमा नयाँ बनाउने अभ्यास रहेको हुँदा २०७८ सालमा हुने जनगणनापछि संशोधित मृत्युदर तालिका ल्याउने प्रद्धिबता व्यक्त गरे ।

बीमा समितिका पूर्व अध्यक्ष तथा बीमा विज्ञ डा फत्तबहादुर केसीले बीमा कम्पनीहरुले बीमा पोलिसी बनाउँदा बस्तुगत अध्ययन तथा बजारको मागबारे अध्ययन गर्नुपर्ने बताएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार