free website hit counter

नयाँ रेकर्ड नजिक सुनको भाउ

beemaadmin
२०८० श्रावण ३, बुधबार

काठमाडौं । सुनको भाउ रेकर्डस्तर नजिक पुगेको छ । साउन ३ गते, बुधबार सुन तोलामा ६०० रुपैयाँले बढेर जेठ १९ यताकै उच्च कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार १०० रुपैयाँ पुगेको छ । सुनको भाउ यसअघि जेठ १९ गते तोलाकै एक लाख १३ हजार ३०० रुपैयाँको ऐतिहासिक उचाईमा पुगेको थियो । आज तेजाबी सुज प्रतितोला एक लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुनको भाउ वृद्धि भएको थियो । हिजो सुन तोलामा ३०० रुपैयाँले महंगिएर प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, लगातार तीन दिनदेखि स्थिर रहेको चाँदीको मूल्य बढोत्तरी भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ४९० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदी प्रतितोला एक् हजार ४८० रुपैयाँ कायम रहेको थियो ।

सम्बन्धित समाचार