free website hit counter

नर्भिकले भन्यो कोरोनाको बिरामी फेला परेकै छैनन्

beemaadmin
२०७६ चैत्र ८, शनिबार

काठमाडौ । कोरोना भाइरस संक्रमित भेटिएको भन्ने गलत हल्ला फैलिएपछि नर्भिक अस्पतालमाले यसबारे खण्डन गरेको छ । शनिवार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएको प्रति आफूहरु आश्चर्य–चकित भएको कुरा अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील समस्यामा सवै निकाय एक जुट भै समस्यासँग लड्नुपर्ने आजको चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरे ।
‘फेक न्यूज’ प्रति खेद प्रकट गर्दै उनले यसखाले अपराधपूर्ण अफवाहको कडा निन्दा समेत गरेका छन् । उनले भने, हालसम्म नर्भिकमा कोभिड–१९ का कुनै पनि विरामी पत्ता लागेका छैनन्, यसमा हामी सब निश्चिन्त र प्रष्ट हुनुपर्छ । तसर्थ, त्यस समाचारमा कुनै पनि सत्यता नभएको हामी प्रष्ट पार्दछौं ।
अस्पतालले भ्रम फैलाउनेप्रति कडा कारबाहीको माग समेत गरेको छ । त्यस्ता भ्रामक समाचार फैलाउने कार्य पूर्णतया सामाजिक अपराध हो, निन्दनीय हो र प्रचारक जोसुकै भएपनि ऊ कडा सामाजिक कारवाहीको भागिदार हुनुपर्छ भनी हामी जोडदार माग पनि गर्दछौं ।

सम्बन्धित समाचार

चार लाख पनि छैन भन्दै दीपेश जेल चलान

beemaadmin
२०८१ बैशाख ८, शनिबार

घट्यो वाणिज्य बैंकहरुको नाफा

beemaadmin
२०८१ बैशाख ८, शनिबार

६ वर्षमा ८१ हजारले बढ्यो सुन

beemaadmin
२०८१ बैशाख ८, शनिबार

कुन देशमा कति छ सुन ?

beemaadmin
२०८१ बैशाख ८, शनिबार