free website hit counter

नवनिर्वाचित अध्यक्ष गौतमले लिए सपथ

beemaadmin
२०७६ फाल्गुन २, शुक्रबार

काठमाडौं । हिमालयन बैंक लिमिटेडको संचालक समिति अध्यक्षमा निर्वाचित तुलसीप्रसाद गौतमले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंक संचालक समितिको माघ २९ गते बुधवार बसेको ३८१ औं बैठकले गौतमलाई अध्यक्षमा निर्विरोध चयन गरेको थियो ।
गौतम संस्थापक शेयरधनी कर्मचारी संचय कोषका तर्फबाट हिमालयन बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्दछन् । समारोहमा डेपुटी गर्भनर सिवाकोटीले गौतमलाई बधाई दिंदै उहाँको कार्यकालमा हिमालयन बैंकले थप उत्साह जनक प्रगतिको कामना गरे ।

सम्बन्धित समाचार