काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छ। बैंकको आइतबार बसेका सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्तापुँजीको १८.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हा। बैंकले गत वर्ष ३८ प्रतिशत लाभांश दिएको थियो। यस वर्ष भने लाभांश दर घटेको छ। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्।