काठमाडौं । बीमा कम्पनीहरुको दाबी भुक्तानी झन्झटिलो छ भन्ने गलत प्रचार समाजमा पुगिरहेको बेला आईएमई लाइफ इन्स्योरेन्स कम्पनि बिर्तामोड शाखाले मृत्यु दाबी भुक्तानि ९ दिनमै गरेको छ । कम्पनिले बिमितको मृत्यु भएको ९ दिनमानै मृत्यु दाबी भुक्तानि रकम परिवारलाई दिएसँगै नयाँ आयाम थपेको शाखा प्रमुख मिलन दाहालले दाबी गरेका छन् ।
२०७६ साल बैशाख १५ गते जिवन बीमा गरेका ताप्लेजुङ पाथिभरा याङ्बरक गाउँपालिका ४ का कमलप्रसाद कोइरालाको सेतो लामखुट्टेको टोकाइका कारण मृत्यु भएको थियो । बिमा गरेको ३ महिनामै उनको मृत्यु भएको हो । भदौ २२ गते बिमाङ्क रकम दाबी गरेका मृतकका आफन्तले ९ दिनपछि मृत्यु दाबी भुक्तानी पाएको कम्पनीले बताएको छ ।
बिर्तामोड शाखाको सभा हलमा आयोजित कार्यक्रमका बीच मृतकका बुबा हरिप्रसाद कोइरालालाई बीमा बापतको दुइ लाख छ हजार रुपैयाँ शाखा प्रमुख मीलन दाहालले हस्तान्तरण गर्नुभएको थियो ।