free website hit counter

नाइट क्लवमा माक्स लगाउनु परेपछि एके–४७ निकालेर अन्धाधुन्ध फायरिङ

beemaadmin
२०७७ पुष १४, मंगलवार

एजेन्सी । बिन्दास युवाहरुको आकर्षक गन्तव्य मानिन्छ नाइट क्लब । त्यही नाइट क्लबमा जाँदा पनि माक्स लगाउनु पर्ने भएपछि एक युवाले उपद्रो मच्चाएका छन् ।
मास्क लगाउन नमानेर निकै घातक कदम उठाएको एक घटना अमेरिकामा भएको छ । अमेरिकाको क्यालिफोर्नियामा मास्क नलगाइ एक नाइट क्लवमा छिरेका ३ जनालाई मास्क नलगाएकै कारण क्लवबाट बाहिर निकालियो ।

यो कुराले ती ३ जना यति रिसाए कि उनीहरुले एके–४७ बन्दूक ल्याए र क्लवमा गोली चलाउन थाले । एनबीसी न्यूजका अनुसार उनीहरुको आक्रमणबाट ३ जना घाइते भएका छन् । हेलोविनको रातमा भएको यो घटनापछि पुलिसले तीनै जनालाई पक्राउ गरेको छ ।

३४ वर्षका एजर अयाला, २२ वर्षका डेनियल ओकाम्पो र २० वर्षका जुआन जोसेलाई क्यालिफोर्नियाको सहारा थिएटरबाट मास्क नलगाएका कारण निकालिएको थियो । त्यसपछि उनीहरुले बन्दूक ल्याएर गोली चलाउन थालेका थिए । रिपोर्टका अनुसार एजरले एके–४७ बाट १५ राउण्ड फायर गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार