free website hit counter

नागढुङ्गा–नौबिसे सुरुङमार्गको आगामी साता शिलान्यास

beemaadmin
२०७६ आश्विन ३०, बिहीबार

काठमाडौं । किसानले धान थन्क्याएसँगै नागढुङ्गा–नौबिसे सुरुङमार्गको काम थालिने भएको छ । जापान सरकारको ०.०१ प्रतिशत सहुलियत ऋणमा सुरुङमार्ग निर्माण हुन लागेको हो । पट्यारलाग्दो जामलाई हटाउने विश्वास गरिएको नागढुङ्गा–नौबिसे सुरुङमार्गको शिल्यान्यास आगामी साता प्रधानमन्त्री केपी शर्मा ओलीबाट ल्यान्यास हुने भएको हो ।
सो सुरुङमार्ग निर्माणका लागि असोज ६ गते नै जापानको हाजमा आङ्दो कर्पोरेशनसँग ठेक्का सम्झौता भइसकेको छ । ४२ महिमा सो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो।
मुआब्जा रकम समेत गरेर सो सुरुङमार्गको जम्मा लागत २२ अर्ब हुने बताइएको छ। जम्मा रकममध्ये नेपाल सरकारले ६ अर्ब जग्गाको मुआब्जा वितरणमा खर्च गर्ने भएको छ । अहिलेसम्म चार अर्ब मुआब्जाबापतको रकम बाँडिसकिएको छ ।
सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर सडक समेत निर्माण हुनेछ। सुरुङमार्ग कै मुखमा र सतुङ्गलमा गरेर दुई स्थानमा फ्लाई ओभरसमेत निर्माण हुने सम्झौता भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार