free website hit counter

नागरिक लगानी कोषको नाफा बढ्यो

beemaadmin
२०८० श्रावण २७, शनिबार

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कोषको खुद नाफा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले ९० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.७४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ६६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। आम्दानी बढेसँगै कोषको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १२.५१ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १०.४९ प्रतिशत बढेको छ। त्यसैगरी, कोषको कुल आम्दानी ११.३० प्रतिशत बढेको छ भने कुल खर्च ०.१९ प्रतिशत घटेको छ। नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी ३ रुपैयाँ २२ पैसा घटेर १७ रुपैयाँ ८ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कोषको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। असार मसान्तसम्ममा कोषको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२२.३ गुणा रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार