free website hit counter

नागरिक लगानी कोषको नाफा ३० करोड

beemaadmin
२०८१ कार्तिक २८, बुधबार

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नागरिक लगानी कोष (सीआईटी) को खुद गत आवको सोही अवधिको तुलनामा १३.६२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले ३० करोड ९ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा २६ करोड ४८ लाख रुपियाँ थियो । आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढेको हो । असोज मसान्तसम्म कम्पनीको ब्याज आम्दानी ३.७९ प्रतिशत घटेर ११ करोड ९८ लाख रुपियाँमा सीमित भएको छ । गत आवमा कम्पनीले १२ करोड ४५ लाख रुपियाँ ब्याज आम्दानी गरेको थियो । पहिलो त्रैमासमा कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढेर ३९ करोड १६ लाख पुगेको छ । त्यस्तै, कुल आम्दानी १२.६० प्रतिशतले बढेर ५१ करोड ७० लाख पुगेको छ भने कम्पनीको खर्च ९.१९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर १९.८७ रुपियाँ छ भने प्रतिशेयर नेटवर्थ १५७.४२ रुपियाँ र मूल्य आम्दानी अनुपात ११३.९९ गुणा रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार