काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ।
कोषको फागुन ८ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
यस अनुसार कोषले २९ करोड ५८ लाख ७१ हजार ३०७ रुपैयाँ बराबरको बोनस शेयर र १ करोड ५५ लाख ७३२ हजार १७४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ। प्रस्तावित लाभांश कोषको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्। अघिल्लो आर्थिक वर्ष पनि कोषले २२ प्रतिशत बोनस नै वितरण गरेको थियो।