काठमाडौं । नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गर्न बनेको विधेयक माथिको दफावार छलफलको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषले पूँजीबजारमा लगानी बढाउने बताएका छन् । अर्थ समितिमा
छलफलको क्रममा उनले कोषले पूँजीबजारमा लगानी बढाउने जानकारी गराएका हुन् ।
मन्त्री खतिवडाले पूँजी बजारमा लगानी बढाउन कोषले सहायक कम्पनी खोल्ने जानकारी गराउँदै लगानी कोष मुद्राबजारको नभई पूँजी बजारको संस्था भएको बताए । त्यसैले कोषले पूँजीबजारमा लगानी बढाउनु पर्नेमा उनले जोड दिए ।
सहायक कम्पनी मार्फत कोषले पूँजीबजारमा मार्केट मेकरको काम गर्ने र यसको लागि कोषको तीन अर्ब पूँजी पर्याप्त रहेको अर्थमन्त्री खतिवडाको भनाई छ । यस्तै कोषमा सर्वसाधारणको स्वामित्वलाई आवश्यकता आधारमा बढाउन सकिने समेत उनले जानकारी गराए ।