काठमाडौं । सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेपछि सिंहदरबारभित्र हुने भ्रष्टाचारका धन्दा पनि गाउँसम्मै पुगेको छ । नेताको चाकडी गरेर पद ओगटेकाहरुले अख्तियारको दुरुपयोग गरी स्थानीय तहमा ब्रम्हलुट गरेका समाचार आइरहेका छन् । गाउँपालिका हटाएर सबै नगरपालिका बनाइएको राजधानी काठमाडौैंको पश्चिमी नगरपालिका नागार्जुन नगरपालिकाको राजश्व प्रमुखको जिम्मेवारी सम्हालिरहेका सोही नगरपालिका वडा नं. ७ निवासी राजेन्द्रप्रसाद गौतमले शैक्षिक योग्यताको प्रमाणपत्रबिना अहिले नागार्जुन नगरपालिकाको राजश्व प्रमुख चलाएको भन्दै स्थानीयले अख्तियारको ढोका ढकढक्याएका छन् । १५ असारका दिन उनको शैक्षिक योग्यदा छानविनको माग गरी कारबाही गर्न उजुरी परेको छ । सो उजुरीमा तत्कालिन स्यूचाटार गाउँपालिकामा रहरँदा गौतमले बजेटमा गरेको मनपरी समेत पटक पटक सम्बन्धित निकायमा उजुरी गर्दा पनि छानविन नभएकाले यस पटक उनी नागार्जुन नगरपालिकाको राजश्व प्रमुख भएर गरेको मनपरी सैह्य नभएको भन्दै स्थानीय बुद्धिजीवीहरुले अख्तियार गुहारेका हुन् । उनले आप्mनै गाउँ टोलमा स्थानीय नागरिकलाई धम्क्याएर नगरपालिकासँग सम्बन्धित कागजत मिलाउने नाममा लाखौं असुली गरिरहेको आरोप पनि उजुरीमा लगाइएको छ । स्थानीय तहमा राजेन्द्र जस्ता पात्रहरु जताततै छन्, जसले सार्वजनिक जग्गा भूमाफियाहरुलाई भोगाधिकार दिँदा समेत राम्रै कुम्ल्याएको प्रमाण तत्कालिन धापासी गाउँपालिकाका सचिव ऋषिराम अर्याल हुन् । उनै अर्यालविरुद्ध यतिखेर अख्तियारले छानविन गरिरहेको छ । राजेन्द्र गौतमको पनि शैक्षिक योग्यता मात्रै होइन, सम्पत्ति छानविन हुनुपर्ने माग बढिरहेको छ ।