काठमाडौं। मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पका सञ्चालक करण चौधरी सवारीसाधनहरूका आधिकारिक बिक्रेताहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको उपाध्यक्षमा चयन भएका हुन्। सो पद विधान अनुसार नै मनोनित पद हो । अध्यक्ष कृष्णप्रसाद दुलालले सदस्यमा प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलियालाई मनोनित गरेका छन्।
साधारणसभाले यसअघि नै कृष्णप्रसाद दुलालको अध्यक्षतामा कार्यसमिति चयन गरिसकेको छ। दुलालसँगै १९ सदस्यीय कार्यसमिति दुई वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएको थियो। नाडाको विधानअनुसार १९ जनाको कार्यसमिति हुनेछ। यसमा अध्यक्षबाहेक १४ जना साधारण सदस्यबाट र चारजनाले संस्थागत तर्फबाट प्रतिनिधित्व गर्छन्।