काठमाडौं । युनाईटेड फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा वृद्धि गरेको छ । दोस्रो त्रैमासमा ४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा गत गत वर्षको पुससम्मको तुलनामा ७८ लाख ५४ हजार रुपैयाँले बढी हो। गत आर्थिक वर्षको यस अवधिमा फाइनान्सले ३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
पुस मसान्तसम्ममा ६ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ५ अर्ब ७४ करोड २२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। समीक्षा अवधिमा फाइनान्सले १७ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको
छ। यो गत वर्षको यहि अवधिको तुलनामा ३ करोड ७८ लाख रुपैयाँले बढी हो। गत वर्षको यहि अवधिमा फाइनान्सले १४ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
चुक्ता पूँजी एक अर्ब ४ करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २४ करोड १८ लाखख रुपैयाँ रहेको छ। यस्तै, फाइनान्सको रिटेन्ड अर्निङ्ग ४ करोड ७१ लाख रुपैयाँ छ। फाइनान्सको पुससम्ममा २ करोड १९ लाख रुपैयाँ वितरण योग्य नाफा रहेको छ।