free website hit counter

नाबालक दुई सन्तानसहित किन त्रिशुलीमा हाम्फाले एक जोडी

beemaadmin
२०७६ माघ ३, शुक्रबार

काठमाडौं । दुई सन्तानसहित त्रिशुलीमा हामफालेको एक दम्पत्तिमध्ये एकजनाको जीवितै उद्दार गरिएको छ । ६ महिना र २ वर्षका दुई छोरासहित एक दम्पती बिहीबार साँझ त्रिशुली नदीमा हाम फालेका थिए । धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम फालेका मध्ये पति विनय लामिछानेको जीवितै उद्धार गरिएको छ भने उनकी पत्नी जमुना रेग्मी लामिछाने मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
काठमाडौंको थानकोटका विनय लामिछाने र श्रीमतीले २ छोरासहित त्रिशुली नदीमा हाम फालेको थिए जसमध्ये दुई छोराको अवस्था अझै अज्ञात रहेको छ ।
पानी परिरहेको र त्रिशुली नदीमा पानीको बहाव बढी हुनाका साथै धमिलो पनि रहेका कारण हराइरहेका दुई जनाको खोजीमा समस्या भएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित ससुराली पुगेर जानका लागि काठमाडौंबाट गएका थिए । उनीहरु गाडी गुड्ने पक्की पुलको सट्टा झोलुङ्गे पुलबाट फर्कंदै थिए । घटना भएको स्थान बेनिघाटबाट गोरखा जाने त्रिशुली नदीको पुलको करिब एक किलोमिटर दूरीमा रहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा व्यापारमा ठूलो घाटा भएपछि लामिछाने परिवार तनावमा थिए । कमोडिटी अनलाइन बिजिनेसमा १ करोडभन्दा बढी घाटामा गएपछि परिवारसहित आत्महत्या गर्ने योजना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । सकुसल उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार