free website hit counter

नायिका कुँवरले अपार्टमेण्टमै लगाइन् पासो

beemaadmin
२०७८ असार २५, शुक्रबार

नायिका जेनी कुँवरले बिहीबार बेलुकी आफ्नै अपार्टमेण्टमा पासो लगाएर मृत्युवरण गरेकी छन् । नयाँ बानेश्वर थापागाउँ नजिकैको सनराइज सिटी अपार्टमेण्टमा भुण्डिएको अवस्थामा कुँवर फेला परेकी हुन् । सुसाईड नोटसमेत सँगै रहेको हुँदा आत्महत्या गरेको हुनसक्ने प्रहरीले आँकलन गरेको छ । उनको शव अपार्टमेण्टको किचेनमा भुण्डिएको अवस्थामा फेला परेको हो । पछिल्लो समय पशुपतिनाथको मन्दिर र कैलाशको जंगलतिर धेरै देखिन थालिएकी उनी अध्यात्मतिर लागेको बताउँथिन् । सन्यासीको भूमिकामा उनले धेरै वटा युट्युब फिल्ममा खेलेको पाइन्छ । आधा दर्जन जति चलचित्रमा अभिनय गरेकी कुँवर विवाहित भए पनि श्रीमानसँग पारपाचुके गरिसकेकी थिइन् । उनी धेरै पटक विवादमा समेत आएकी थिइन् । पछिल्लो समय उनी डिप्रेशनमा रहेको उनी निकटस्थहरुले बताएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार