free website hit counter

नारायणी डेभलपमेन्ट बैंकले दिने भयो १ः१ हकप्रद शेयर

beemaadmin
२०७७ आश्विन १७, शनिबार

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १८औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष चन्द्रमान मलेकुको अध्यक्षतामा बसेको सभाले बैंकको आ।ब। २०७५/७६को बार्षिक वित्तीय विवरण, नाफा नोक्सान हिसाव पारित गर्नुको साथै एक बरावर एक (१ः१) हकप्रद शेयर जारी गर्न पनि प्रस्ताव पारित गरेको छ । यस हकप्रद निश्कासन पश्चात बैंकको चुक्ता पूँजी रु।१३ करोड १२ लाख पुग्नेछ ।
बैंकले यस साधारण सभामार्फत गाभ्ने गाभिने तथा प्राप्ति समाहित हुने, रणनीतिक साझेदार नयाँ लगानीकर्ता भित्रयाउने सम्बन्धमा प्रस्ताव पारित गरी त्यसको जिम्मेवारी संचालक समितिलाई दिएको छ । चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १ बकुलहरमा केन्द्रिय कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकको हाल केन्द्रिय कार्यालय सहित तीन वटा शाखा रहेका छन । हालसालै मात्र नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सूचीबाट हटाएको यस बैंकले निकट भविष्यमानै रु. ५० करोड चुक्ता पँजी पुर्याउने योजना सहित कार्य गरिरेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार