free website hit counter

नारी दिवसमा एनआईसीको योजना

beemaadmin
२०७६ फाल्गुन २४, शनिबार

काठमाडौं । हरेकजसो पर्वमा एउटा न एउटा योजना सार्वजनिक गर्दै आएको एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकहरूलाई विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात फागुन २५ गते बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा १०,०००सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

बैंकका महिला ग्राहकहरूले मो–बैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्यूआर पेमेन्टलगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ । तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन । यस योजनाले आफ्ना सम्पूर्ण महिला ग्राहक महानुभावहरूलाई सम्मान गर्नुका साथै उहाँहरूमा डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचार