free website hit counter

निःसहाय सेवा सदनलाई नेपाल बंगलादेश बैंकको सहयोग

beemaadmin
२०७६ मंसिर १४, शनिबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको नेपाल बंगलादेश बैंकले निःसहाय सेवा सदनलाई आर्थिक सहयोग गरेको छ । काठमाडौंको शान्तिनगर नयाँ बानेश्वरस्थित निःसहाय सेवा सदनलाई एक लाख रकमको आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।

बैंकले हस्तान्तरण गरेको सो रकमले सदनका निःसहाय ज्येष्ठ नागरिकहरुका लागि आवश्यक पर्ने विभिन्न सामग्री जुटाउन उपलब्ध गराइएको हो । यो सहयोगले सदनमा आश्रित सबै ज्येष्ठ नागरिकलाई बसोबास तथा स्वस्थ उपचारमा सहज हुने सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठले जानकारी गराइन् ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराए।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार