free website hit counter

निजी अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार गराए २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने

beemaadmin
२०८० फाल्गुन २९, मंगलवार

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रलाई व्यवस्थित बनाउन नियामक निकाय स्वास्थ्य बीमा बोर्ड लागेको छ । अब स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ । बीमामा आवद्द सदस्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका निजी तथा सामुदायिक अस्पतालहरुमा उपचार गर्न गए २० प्रतिशत सह भुक्तानी तिर्नुपर्ने भएको हो। गत २४ फागुनमा बसेको बोर्ड बैठकले सरकारीमा १० प्रतिशत र निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउनेले २० प्रतिशत सह भुक्तानी गर्ने निर्णय गरेको हो। यसअघि गत २७ मंसिरमा बसेको बैठकले स्वास्थ्य बीमामा आवद्ध भएका सदस्यहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका अस्पतालहरुमा उपचार गराउँदा १० प्रतिशत सह भुक्तानी गर्नु निर्णय गरेको थियो। त्यसको कार्यान्वयन १ माघ देखि भएको थियो। बोर्डका अध्यक्ष डा गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्न निजी तथा सामुदायिक अस्पतालहरुमा २० प्रतिशतको पेमेन्टको व्यवस्था गर्ने निर्णय भएको बताएका छन्।

सम्बन्धित समाचार