free website hit counter

निजी डेरीले बढाउन थाले दुधको मूल्य

beemaadmin
२०७९ पुष १७, आईतवार

काठमाडौं । निजी दुग्ध उद्योगले दुधको मुल्य बढाउन थालेका छन्। गत वर्ष सरकारी उद्योगी र निजी दुबैले मूल्य बढाएपनि यो वर्ष भने केही निजी उद्योगले मूल्य वृद्धि गरेका हुन्। गत वर्ष सरकारी दुग्ध कम्पनी अर्थात् डीडीसीदेखि निजी उद्योगको समेत मूल्यवृद्धि भएको थियो। किसानले पाउने मूल्यमा समेत वृद्धि गरिएको थियो। अहिले एक वर्ष नपुग्दै दुग्ध उद्योगीहरूले मूल्य बढाएको हुन्। १० देखि १४ रुपैंयाँ सम्ममुल्य वृद्धि भएको पाइएको छ। राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार दुई वर्षमा मात्रै मूल्य वृद्धि गर्न पाइने प्रवाधान छ। तर एक वर्षको अन्तरालमै बजारमा मूल्यवृद्धि भएर आएको पाइएको हो। डेरी उद्योग संघले मूल्यवृद्धि गराउनु बाध्यता भएको बताएको छ। किसानको लागत वृद्धि भएको भन्दै दबाब आएको र सोहीअनुसार वृद्धि गर्नुपरेको बताइएको छ। संघका अनुसार दूधको न्यूनतम ५८ हुँदा उपभोक्ता प्रतिलिटर ८६ रुपैयाँ थियो। अहिले किसानलाई तिर्नुपर्ने मूल्य प्रतिलिटर ७० पुगिसकको छ। सो अनुसार बढाउन परेको संघले जनाएको छ। संघमा आवद्ध केही डेरीहरुले मूल्य बढाएर बजार पठाएका छन्। सरकारले दुग्ध कम्पनी डीडीसी तथा नेपाल डेरी एशोसिएनमा रहेको अन्य दुग्ध उद्योगले समेत मूल्यवृद्धि गरेका छैनन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार