free website hit counter

निफ्राको नाफा ३५ करोड

beemaadmin
२०८१ मंसिर ६, बिहीबार

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसरी कम्पनीको खुद नाफामा १५.२२ प्रतिशतको गिरावट आएको छ । कम्पनीको खुद ब्याज आम्दानी पनि १९.८० प्रतिशतले घटेर ५६ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा भने कम्पनीले ७० करोड १५ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीले १ करोड ३६ लाख रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । कम्पनीले समीक्षा अवधिसम्ममा ५० करोड १२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९.२१ प्रतिशतले कम हो । कम्पनीले समीक्षा अवधिसम्ममा २ अर्ब ४ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन र २१ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । रिजर्भ कोषमा कम्पनीले ३ अर्ब ३२ करोड रुपैयाँको सञ्चित गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस ६.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३१.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.४७ गुणा, तरलता अनुपात १८७।९७ प्रतिशत र इक्युटिमा प्रतिफल ६.४८ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार