काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणकुमार भट्टराईले नियुक्त भएको चार महिना नपुग्दै पदबाट राजीनामा दिएका छन्।
भट्टराईले सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका हुन्। कम्पनी स्रोतका अनुसार सञ्चालक समितिले सोमबार बसेको बैठकबाट उनको राजीनामा स्वीकृत गरिसकेको छ।
स्रोतका अनुसार कम्पनीभित्र माथिल्लो तहबाट हुने अनावश्यक हस्तक्षेप र दबाबका कारण उनले पद छाड्ने निर्णय गरेका हुन्। यसअघि पनि कम्पनीका तत्कालीन सीईओ कमल गौतमले यस्तै कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए।
युनाइटेड अजोड इन्स्योरेन्समा चौधरी ग्रुप (सीजी) को मुख्य लगानी रहेको छ।
भट्टराई गत वैशाख १० गते कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए। नियुक्तिको चार महिना पनि पूरा नहुँदै उनले पदबाट बाहिरिने निर्णय गरेका हुन्।