free website hit counter

निर्जीवन बीमकको व्यापार बढ्यो, १६ अर्ब नजिकको कारोबार

beemaadmin
२०८२ मंसिर १६, मंगलवार

काठमाडौं । अर्थतन्त्र दिनदिनै संकटमा परेका बेला सबै जसो व्यवसायमा त्यसको असर देखिइरहेको छ । यस्तो परिस्थितिमा पनि निर्जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो ४ महिना कात्तिकसम्म १५ अर्ब ८४ करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्म १४ वटा निर्जीवन बीमकले ९ लाख ३ हजार ९८५ वटा बीमालेख जारी गरेर १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्ष २०८१.८३ को कात्तिकसम्म कम्पनीहरुले ८ लाख ९७ हजार २३५ वटा बीमालेख जारी गरेर १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार १२.४२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको तुलनामा चालु वर्षको कात्तिकसम्म ११ वटा बीमकको व्यापार बढेको छ भने ३ वटा बीमकको घटेको छ। समीक्षा अवधिसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले हिमालयन एरभेष्ट इन्स्योरेन्स अगाडि रहेको छ। चालु आर्थिक वर्षको कात्तिकसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कात्तिकसम्म कम्पनीले १ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ०.३८ प्रतिशतले बढेको छ। शिखर इन्स्योरेन्स दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ४१ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार २३.२८ प्रतिशतले बढेको छ। त्यस्तै तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। चालु वर्षको कात्तिकसम्म यो कम्पनीले १ अर्ब ६० करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कात्तिकसम्म कम्पनीले १ अर्ब १४ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ३९.६६ प्रतिशतले बढेको छ। यसैगरी चालु वर्षको कात्तिकसम्म सिद्धार्थ प्रिमियर एभरेस्ट इन्स्योरेन्सले १ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब २७ करोड ३६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब २६ करोड २२ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १ अर्ब १४ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म हिमालयन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.८२ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२.२२ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ३४.०१ प्रतिशतले व्यापार बढेको छ भने नेको इन्स्योरेन्सको ०.३९ प्रतिशतले घटेको छ। यसैगरी चालु आर्थिक वर्षको कात्तिकसम्म युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७ करोड ३७ रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब २ करोड ३ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले ९२ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा युनाइटेड अजोडको २७।८० प्रतिशत र सानिमा जीआईसीको ३०.९३ प्रतिशतले व्यापार बढ्दा ओरिएन्टल इन्स्योरेन्सको ०.५० प्रतिशतले घटेको छ। समीक्षा अवधिसम्म नेपाल इन्स्योरेन्सले ८६ करोड ६२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ६५ करोड ७१ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ५० करोड ९५ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४३ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म नेपाल इन्स्योरेन्सको १०.०९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.७१ प्रतिशत र नेसनल इन्स्योरेन्सको ३.९० प्रतिशत व्यापार बढ्दा राष्ट्रिय बीमा कम्पनीको २८.९३ प्रतिशतले घटेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार