free website hit counter

निर्जीवन बीमकले ३ महिनामा गरे साढे १२ अर्बको व्यापार

beemaadmin
२०८२ कार्तिक १९, बुधबार

काठमाडौं । आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल साढे १२ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले ६ लाख ८८ हजार ९८२ वटा बीमा पोलिसी बिक्री गरी १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । पहिलो तीन महिनाको अवधिमा सबैभन्दा कम बीमा शुल्क संकलन गर्ने कम्पनीमा भने सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड परेको छ । कम्पनीले तीन महिनाको अवधिमा ५ हजार ५ सय ७२ वटा बीमा लेख बिक्री गरेर ४१ करोड ४१ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको छ । त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ९९ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले ९२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ८८ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ७८ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ६८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले ५० करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यता धेरै बीमालेख जारी गर्ने कम्पनीमा भने युनाइटेड अजोड इन्स्योेरेन्स लिमिटेड परेको छ । कम्पनीले १ लाख २ हजार ४९४ वटा बीमालेख बिक्री गरेर ८८ करोड २९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । त्यस्तै समीक्षा अवधिमा सबैभन्दा कम बीमालेख बिक्री गर्ने कम्पनीमा पनि राष्ट्रिय बीमा कम्पनी नै परेको छ । कम्पनीले समीक्षा अवधिमा जम्मा ५५ सय ७२ वटा मात्रै बीमालेख बिक्री गरेको छ । १ लाख भन्दा बढी बीमालेख बिक्री गर्नेमा युनाइटेड अजोड इन्स्योरेन्स मात्रै रहे पनि ५० हजार भन्दा बढी बीमालेख बिक्री गर्नेमा भने क्रमशः शिखर, हिमालयन एभरेष्ट, नेका, सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी, एनएलजी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । नेसनल र राष्ट्रिय बीमा कम्पनीले भने १० हजार भन्दा कम मात्रै बीमालेख बिक्री गर्दा बाँकी चार वटा कम्पनी नेपाल इन्स्योरेन्स, सानिमा जिआईसी, प्रभु र दि ओरियन्टलले भने १० हजारदेखि ५० हजारको बीचमा बीमालेख बिक्री गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार