free website hit counter

निर्जीवन बीमा कम्पनीको मुनाफा एक अर्ब २५ करोड

beemaadmin
२०८१ फाल्गुन १, बिहीबार

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा १४ निर्जीवन बीमा कम्पनीहरुको मुनाफामा ५९.३८ प्रतिशतले भारी गिरावट आएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा एक अर्ब २५ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । गत आवको सोही अवधिमा कम्पनीहरुले तीन अर्ब नौ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र बृद्धिदरमा सानिमा जिआइसी इन्स्योरेन्स सबैभन्दा अगाडी रहेको छ । चालु आवको पुष मसान्तसम्मको अवधिमा राष्ट्रिय बीमा कम्पनीको खुद नाफा १८.८६ प्रतिशतले घटेर ४२ करोड ७२ लाख रुपैयाँबाट ३४ करोड ६६ लाख रुपैयाँमा सीमित बनेको छ । साथै, समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको खुद नाफा २५ करोड ७३ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २२ करोड ५० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ करोड ५९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको १५ करोड ६० लाख रुपैयाँ मुनाफा रहेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १४ करोड ३० लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १२ करोड १६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको १२ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको आठ करोड ६० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको सात करोड ४५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको छ करोड ९६ लाख रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको छ करोड ५८ लाख रुपैयाँ मुनाफा रहेको छ । निर्जीवन बीमा कम्पनीहरुमध्ये द ओरियण्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको वित्तीय अवस्था दयनीय बन्न पुगेको छ । जसमा ओरियण्टल इन्स्योरेन्स १९ करोड ७५ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्स ३६ करोड ९८ लाख रुपैयाँ नोक्सानीमा रहेका छन् ।
निर्जीवन बीमा कम्पनीहरुमध्ये गत आवको तुलनामा सानिमा जिआइसी इन्स्योरेन्सको मुनाफा सबैभन्दा बढी अंकले बृद्धि भएको छ । यस कम्पनीको खुद नाफा १५।२५ प्रतिशतले बढेको छ । साथै, प्रभु इन्स्योरेन्सको खुद नाफा १०.५३ प्रतिशत र शिखर इन्स्योरेन्सको मुनाफा २.४८ प्रतिशतले मात्र बृद्धि भएको छ । यी बाहेकका अन्य ९ वटा कम्पनीको मुनाफा घटेको छ भने २ वटा कम्पनी नोक्सानीमा रहेको विवरणले देखाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार