free website hit counter

निर्जीवन बीमा कम्पनीले अभिकर्तालाई बाँडे ३७ करोड कमिसन

beemaadmin
२०८३ मंसिर ८, सोमबार

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिसनबापतको खर्च एक वर्षमै दोब्बरले बढेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनीहरूको यस्तो खर्च १०० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो।

निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार १४ वटा कम्पनीले अभिकर्ता कमिसनबापत कुल ३७ करोड १३ लाख रुपैयाँ खर्च गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीहरूको यस्तो खर्च १८ करोड ५१ लाख रुपैयाँ रहेको थियो।

Advertisement
Advertisement

यसअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा अभिकर्ता कमिसन खर्च १००.५८ प्रतिशतले बढेको देखिन्छ।

Advertisement
Advertisement

समीक्षा अवधिमा सबैभन्दा बढी अभिकर्ता कमिसन खर्च गर्ने कम्पनीमा ओरिएन्टल इन्स्योरेन्स रहेको छ। कम्पनीले असोजसम्म ८ करोड ३२ लाख रुपैयाँ कमिसनबापत खर्च गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो खर्च २ करोड ७८ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको अभिकर्ता कमिसन खर्च १९८.७३ प्रतिशतले बढेको हो।

अभिकर्ता कमिसन खर्चका आधारमा दोस्रो स्थानमा नेसनल इन्स्योरेन्स रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ करोड ५६ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ। गत आर्थिक वर्षको असोजसम्म भने कम्पनीको यस्तो खर्च १० लाख ७८ हजार रुपैयाँ ऋणात्मक थियो।

त्यस्तै, तेस्रो धेरै अभिकर्ता कमिसन खर्च गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। कम्पनीले समीक्षा अवधिमा ३ करोड ८९ लाख रुपैयाँ कमिसन खर्च गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च २ करोड २७ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको अभिकर्ता कमिसन खर्च ७१.१४ प्रतिशतले बढेको छ।

यता, गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुईवटा कम्पनीको अभिकर्ता कमिसन खर्च भने घटेको छ। शिखर इन्स्योरेन्सको यस्तो खर्च ७.२८ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.७५ प्रतिशतले घटेको हो।

समीक्षा अवधिमा सबैभन्दा कम अभिकर्ता कमिसन खर्च गर्ने कम्पनी राष्ट्रिय बीमा कम्पनी रहेको छ। कम्पनीले असोजसम्म अभिकर्ता कमिसनबापत १६ लाख ५१ हजार रुपैयाँ खर्च गरेको छ।

समग्रमा निर्जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिसन खर्चमा उल्लेख्य वृद्धि देखिएको छ। गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामै यस्तो खर्च दोब्बर हुनुले कम्पनीहरूको कमिसनसम्बन्धी खर्च बढेको वित्तीय विवरणले देखाएको छ।

कसकाे खर्च कति ? 

सम्बन्धित समाचार