free website hit counter

निर्जीवन बीमा कम्पनीहरुको एक वर्षको नाफा ७ अर्ब ४३ करोड

beemaadmin
२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ मा ठूला निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ४३ करोड १३ लाख चार हजार रुपियाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा १४ वटा ठुला निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उनीहरुले बुधबारसम्म सार्वजनिक गरेको गत आवको वित्तिय विवरणले यस्तो देखाएको हो । उनीहरुको यो नाफा अघिल्लो आव २०७९–८० को तुलनामा ५२.८१ प्रतिशतले बढी हो । अघिल्लो आव २०७९–८० मा १४ निर्जीवन बीमा कम्पनीको खुद नाफा चार अर्ब ८६ करोड ३१ लाख ६५ हजार रुपियाँ थियो । विशेषगरि गत आवमा निर्जीवन बीमा कम्पनीको दावी भुक्तानी स्वाट्टै घटेको छ । त्यसले गर्दा नाफामा उच्च बृद्धि देखिएको कम्पनीहरु बताउँछन् । गत आवमा नेपाल इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा कमाएको छ । उक्त कम्पनीले समीक्षा बर्षमा ७० करोड छ लाख २७ हजार रुपियाँ नाफा कमाएको छ । दोस्रो स्थानमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स देखिन्छ । समीक्षा बर्षमा उक्त कम्पनीले ६९ करोड २३ लाख १९ हजार रुपियाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले भने ६८ करोड ५७ लाख ११ हजार रुपियाँ नाफा कमाएको छ । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६६ करोड ७९ लाख ४५ हजार, राष्ट्रिय बीमा कम्पनीले ६२ करोड ७३ लाख नौ हजार, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ६१ करोड २१ लाख ३१ हजार, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६० करोड ८९ लाख एक हजार, दि ओरियन्टल इन्स्योरेन्सलेले ५९ करोड ६१ लाख ८३ हजार र शिखर इन्स्योरेन्सले ५१ करोड ३० लाख २१ हजार रुपियाँ खुद नाफा कमाएको छ । यस्तै, प्रभु इन्स्योरेन्सले ४९ करोड आठ लाख ९८ हजार, युनाइटेड अजोड इन्स्योरेन्सले ३८ करोड ५२ लाख ८५ हजार, सानिमा जीआईसीले ३३ करोड सात लाख ८६ हजार, नेशनल इन्स्योरेन्सले २६ करोड ६७ लाख ९२ हजार र एनएलजी २५ करोड ३३ लाख ९६ लाख रुपियाँ खुद नाफा कमाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार