free website hit counter

निर्जीवन बीमा कम्पनीहरूले बेचे ३० लाखभन्दा बढी पोलिसी

beemaadmin
२०८३ आश्विन १२, सोमबार

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीले ३० लाख १ हजार ८१४ वटा बीमा पोलिसी बिक्री गरेका छन्। अघिल्लो आवको २७ लाख ५७ हजार ६७४ पोलिसीको तुलनामा यो संख्या २ लाख ४४ हजार १४० ले बढी हो।

पोलिसी बिक्रीमा युनाइटेड अजोड इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले ४ लाख १९ हजार ५२६ वटा पोलिसी बिक्री गरेको छ। दोस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ लाख ५५ हजार ५०९ र तेस्रोमा शिखर इन्स्योरेन्सले ३ लाख ३६ हजार २ वटा पोलिसी बिक्री गरेका छन्। नेको इन्स्योरेन्सले ३ लाख ५ हजार ९८३ वटा पोलिसी जारी गरेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ७० हजार ६८५ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ लाख ६९ हजार ९९८ वटा पोलिसी बिक्री गरेका छन्। सिद्धार्थ प्रिमियरको पोलिसी संख्या अघिल्लो आवको तुलनामा २८ हजार २९० ले घटेको छ भने सगरमाथा लुम्बिनीको १ लाख १६ हजार २९४ ले बढेको छ।

त्यस्तै, आईजीआई प्रुडेन्सियलले २ लाख ३७ हजार ७०८, एनएलजीले २ लाख २३ हजार ९११, नेपाल इन्स्योरेन्सले २ लाख २२ हजार ७४१, सानिमा जीआईसीले १ लाख ४३ हजार २८ र प्रभु इन्स्योरेन्सले १ लाख १४ हजार ६१३ वटा पोलिसी बिक्री गरेका छन्।

ओरिएन्टल इन्स्योरेन्सले ४८ हजार ९४६, राष्ट्रिय बीमा कम्पनीले ३२ हजार ३४३ र नेशनल इन्स्योरेन्सले २० हजार ८२१ वटा पोलिसी जारी गरेका छन्। समग्रमा केही कम्पनीको व्यवसाय घटे पनि ठूला कम्पनीहरूको पोलिसी बिक्री बढ्दा निर्जीवन बीमा क्षेत्रको कुल पोलिसी संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ।

सम्बन्धित समाचार