free website hit counter

निर्धन उत्थान लघुवित्तको नाफामा देखियो छलाङ

beemaadmin
२०८१ बैशाख २६, बुधबार

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९९.४६ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३.२६ प्रतिशतले घटेको छ । तेस्रो त्रैमाससम्म संस्थाले १ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी १ अर्ब २१ करोड र सञ्चालन मुनाफा ४३ करोड २० लाख रुपैयाँ रहेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा ८ करोड २६ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १८ करोड १६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । संस्थाको रिजर्भ २ अर्ब ४३ करोड १ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्ममा १९ अर्ब ७७ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २४ अर्ब ३५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२.०९ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १०.७७ प्रतिशतमा झरेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ५० करोड ८२ लाख रुपैयाँ छुट्टाएको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस)मा उल्लेख्य वृद्धि भएको छ । ईपीएस २.२५ रुपैयाँबाट बढेर ८.९८ रुपैयाँ पुगेको छ । यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १०० रुपैयाँ, मूल्य आम्दानी अनुपात ७२।९७ गुणा र तरलता अनुपात १२.५५ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार