free website hit counter

निर्वाचन आयोग झुक्किँदा…..

beemaadmin
२०७६ मंसिर ११, बुधबार

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समितिले आइतबार गरेको नियुक्ति प्रकरणपछि घटनाक्रमले नयाँ मोड लिएको छ । अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले रिक्त कार्यकारी अधिकृतमा पदमा रुपेश शिल्पकार, निमित्त कार्यकारी निर्देशकमा डा. दिपेश धिताल, नि. उप कार्यकारी निर्देशकमा डा. अजय झा र डा. उत्सवमान श्रेष्ठलाई नियुक्त गरिएको थियो । नियुक्तिपछि व्यवस्थापन समितिकै उपस्थितिमा निजहरुले पद बहाली समेत गरिसकेका छन् ।

व्यवस्थापन समितिका एक पदाधिकारीका अनुसार अस्पतालको नाममा केही अनधिकृत व्यक्तिले व्यवस्थापन समितिले निर्वाचन आचारसंहिता जारी रहेको अवस्थामा पदाधिकारीहरु नियुक्त गरिएको हुँदा निजहरुको नियुक्ति बदर गरी पाउँ भन्दै निर्वाचन आयोगमा मंगलबार उजुरी दर्ता गरिएको थियो । त्यसलगत्तै निर्वाचन आयोगले व्यवस्थापन समितिसँग कुनै जानकारी नै नलिई एकतर्फी रुपमा २४ घण्टाभित्र नियुक्ति बदर गरी जानकारी पठाउन निर्देशनात्मक आदेश मंगलबार नै दिएपछि घटनाले नयाँ मोड लिएको हो । निर्वाचन आचारसंहितामा निजी तथा गैर सरकारी संस्थाको आन्तरिक नियुक्ति तथा गतिविधिमा बन्देज लगाइएको छैन ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०४१ सालमै दर्ता भएको नेपाल अर्वुद रोग निवारण संस्थाले स्वास्थ्य सेवा विभागबाट ०७४ वैशाख २५ गते १०० शैय्या क्षमताको विशेषज्ञ क्यान्सर अस्पताल सञ्चालन गर्ने अनुमति पाएबमोजिम अस्पतालमा सञ्चालनमा आएको हो । तर निर्वाचन आयोगले सो अस्पताल सरकारी स्वामित्वको हो भन्ने भ्रममा परेर नियुक्ति बदरको निर्णय गरेको आयोग स्रोतले बताएको छ । व्यवस्थापन समितिका कावा अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा आज गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया लगायत आयोगका अन्य कर्मचारीसँग भेटेर वास्तविकताको जानकारी दिँदै निर्णय सच्च्याइ पाउन निवेदन दर्ता गराएको छ ।

यसैगरी कावा अध्यक्ष श्रेष्ठको नेतृत्वमा सोमबार गएको टोलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेट गरी अस्पताल व्यवस्थापन र नगरपालिकाबीच देखिएको विवादको जानकारी दिँदै समाधानका लागि नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार