free website hit counter

नेकपामा सभामुख छान्न नसक्दा फेरि संसद सर्यो

beemaadmin
२०७६ पुष २७, आईतवार

काठमाडौं । पुस ४ गतेदेखि सर्दै आएको प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको कुरा नमिलेपछि संसद फेरि नेकपाको बन्धक बन्न पुगेको हो । सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् । तर, कुरा नमिलेपछि आइतबार दिउँसो १ बजे निर्धारित संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास गरे पनि अस्वीकार गर्दै आएकी छन् । शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न आग्रह गरेको थियो । तर, तुम्बाहाम्फेले सचिवालयको निर्णयलाई चुनौती दिँदै आफूले उपसभामुखबाट राजीनामा नदिने अडान राख्दै आएकी छन् ।

सम्बन्धित समाचार