free website hit counter

नेकपाले गाउँपालिका थप्दा कांग्रेसलाई प्रदेशसभा

beemaadmin
२०७६ मंसिर १६, सोमबार

काठमाडौं । देशभरका ५२ स्थानका लागि भएको उपनिर्वाचनमा ५० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । धरान उपमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्षको मत परिणाम सार्वजनिक हुन बाँकी छ ।
एकमात्र प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की क्षेत्रनम्बर २ सहित २९ स्थानमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार बिजयी भएका छन् । नेकपाले उपचुनावबाट यसअघि हारेका ३ गाउँपालिका थप्दा यसअघि जितेको एक प्रदेशसभा गुमाउन पुगेको छ । प्रदेशसभाका ३ सिटमध्ये भक्तपुर क्षेत्रनम्बर १ (क) कांग्रेस विजयी भयो भने दाङ क्षेत्रनम्बर ३ (ख)मा नेकपा र बागलुङ क्षेत्रनम्बर २ (ख)मा नेकपाको समर्थनमा राजमोले जितेको छ ।
यसअघि सँधै कम्युनिष्टको गढ मानिएको धरान उपहानगरपालिकामा नेकपा मतगणनामा शुरुदेखि नै पछि छ । करिब १० हजार मत गन्न बाँकी रहदा नेकपा एक हजार मतले पछि परेको छ । धरानको वडा नम्बर ७ पनि यसअघि नेकपाले नै जितेको थियो ।
उपचुनावमा कांग्रेसले दुई गाउँपालिका गुमाए पनि भक्तपुरको प्रदेशसभा सदस्य थपेर सत्तारुढ दलप्रतिको जनअसन्तुष्टिलाई उजागर गरेको छ । उपचुनावको मतगणना सकिएका ५० मध्ये कांग्रेसले एक प्रदेशसभा सदस्यसहित ११ वडाअध्यक्ष जितेर १२ स्थान आफ्नो पक्षमा पार्न सफल भएको छ ।
त्यस्तै समाजवादी पार्टीले चार वडाध्यक्ष जितेको छ भने राष्ट्रिय जनता पार्टी नेपालले ३ वडाध्यक्ष जितेको छ । समाजवादीले एउटा वडा थप गरेको छ भने राजपाले एउटा गाउँपालिका अध्यक्ष गुमाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार