free website hit counter

नेको इन्सोरेन्सको लाभांश घोषणा

beemaadmin
२०७६ पुष २२, मंगलवार

काठमाडौं । नेको इन्सोरेन्सले गत आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट शेयरधनीलाई ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको सञ्चालक समितिको पुस २० गते सम्पन्न ३८४ औं बैठकले लाभांशमा लाग्ने कर सहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित उक्त लाभांश बीमा समितिको स्वीकृति तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात मात्र शेयरधनीले पाउनेछन् । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १२ प्रतिशत बोनस शेयर तथा सो बोनस वापतको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभाश वितरण गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार