free website hit counter

नेको इन्स्योरेन्सको खुद बीमाशुल्क १ अर्ब ६५ करोड

beemaadmin
२०८० श्रावण ३१, बुधबार

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १.५३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५४ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ४.०३ प्रतिशतले घटेर १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत ३६ करोड ६८ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट १८ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४९ करोड ३१ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ र महाविपत्ती कोषमा १० करोड २१ लख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा, प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात ३२।४२ गुणा रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार