काठमाडौं । विगत २५ बर्षदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्सले कृषि तथा पशुपन्छी बीमा सम्बन्धी विभिन्न सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकले आब २०७७÷०७८ को मौद्रिक नीतिमार्पmत कृषि कर्जाको लागि अगुवा बैंक तोकेको सन्दर्भमा अन्तर्कृया कार्यक्रम आयोजना गरिएको हो । उक्त अन्तरक्रिया कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल बीमक संघ, कृषि विकास बैंक, तथा कृषक ब्यवसायीहरुका प्रतिनिधिहरुको सहभागीता थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल थिए । सो कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि कर्जा, बीमा, विपद ब्यवस्थापन शाखा प्रमुख डा. प्रकाश विष्ट, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका केदार पोखरेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय, बीमक संघका उपाध्यक्ष नुरप्रकाश प्रधान, कृषक ब्यवसायीहरु प्रभात तामाङ, सुरेन्द्र बलाये लगायतले आफ्ना धारणा ब्यक्त गरे ।