काठमाडौ । आफ्नो सेवालाई चुस्त दुरुस्त बनाउँदै प्रतिस्पर्धात्मक बजारमा आफूलाई उभ्याउने योजना साथ अघि बढेको नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सबै सूचांकमा प्रगति गरेको छ । विश्व महामारी कोरोनाको असहज अवस्थाबीचमा पनि चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेको इन्स्योरेन्स कम्पनीले ४३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १२ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको नाफा ७ करोड ५३ लाख रुपैयाँ थियो ।
चालु आर्थिक वर्षकै पहिलो त्रैमासमा कम्पनीको आम्दानी २० करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको आम्दानी १२ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
यस्तै, चालु आर्थिक वर्षमा कम्पनीको खर्च ७ करोड ९४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही समयमा कम्पनीको खर्च ५ करोड ६ लाख रुपैयाँ रहेको थियो ।
हाल नेको इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ५८ करोड ४ लाख रुपैयाँ छ । बीमा कोषमा ८९ करोड ३९ लाख रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा कम्पनीको ८ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७८ हजार ४२ वाटा बीमालेख जारी गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६८ हजार ४ सय वटा मात्र बीमालेख जारी भएका थिए ।